शुक्रबार, जेठ २२, २०८३

मूर्ति विसर्जन गर्दा बेपत्ता भएका युवकको शव भेटियो

रुपन्देहीको कोटहीमाईस्थित तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर वडा नम्बर १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए।
 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

काठमाडौं–दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ। रुपन्देहीको मर्चवारमा गत मंगलबार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुई जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए।

National life

 रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए। राजभरको शव आज भेटिएको हो।

दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो। स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादसैंका दिन ती युवा नदी किनारमा पुगेका थिए। 

खोजीका क्रममा आज अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

प्रकाशित: Oct 26, 2023| 15:37 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्