शुक्रबार, जेठ २२, २०८३

रुसी सेनामा कार्यरत नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा

रुसी सेनाबाट युद्ध मैदानमा होमिएका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो।
 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

काठमाडौं– एक वर्षअघि छिमेकी युक्रेनमा आक्रमण गरेर विश्व मञ्चबाट एक्लिएको रुसले लडाइँमा ठूलो क्षति बेहोरेसँगै विभिन्न मुलुकका युवालाई प्रलोभनमा दिएर सैनिक सेवामा लगाइरहेको छ।

National life

रुसका तर्फबाट युक्रेन युद्धमा लडिरहेका युवाहरुले आर्थिक अवस्था सुधार्न रुसी सेनामा भर्ती भएको प्रतिक्रिया दिँदै आएका छन्।

रुसी सेनामा नेपाली युवकहरु पनि संलग्न रहेका खबर बेलाबखत आइरहेका छन्। रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। खत्री बर्दियाका हुन्।

रुसी सेनाबाट युद्ध मैदानमा होमिएका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो। युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको ट्वीटरमार्फत जनाएका छन्।

हेरासचेन्कोले ट्वीटरमा रुसी सेनाबाट युक्रेनविरुद्ध लड्दै आएका खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन्। उक्त भिडियोमा खत्री आर्थिक अवस्था सुधार रुसी सेनामा भर्ती भएको बताएका छन्। 

Shivam cement

रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ। यस क्रममा दुवैतर्फ ठूलो संख्याका सैनिक मारिएका छन्। रुसले विदेशी मूलका मानिसलाई सेनामा भर्ती गरेर युद्ध मैदानको अग्र मोर्चामा लड्न पठाइरहेको बताइन्छ।

प्रकाशित: Oct 26, 2023| 15:27 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्