सोमबार, असार २, २०८२

कुवापानीको बस्ती सार्न भूगर्भविद्को सुझाव

कुवापानी पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ वटा घर विस्थापित हुनुका साथै झन्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
 |  बिहीबार, कात्तिक ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

vianetvianet

पर्वत–पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका ६ वटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ। बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान गरेपछि अध्ययनका लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका ६ वटा घर तत्काल स्थानान्तरण गर्न सुझाएको हो।

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले गत २१ भदौमा पहिरो स्थलमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको थियो। विभागका भूगर्भविद अनिस खनाल, प्राविधिक विरास मल्ल र ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ती घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिए। 

पहिरोको चपेटामा परेका स्थानीय नगेन्द्र कार्की, पदम कार्की, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबादुर कार्कीको घर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको आचार्यले बताए।

पहिरो स्थलको अध्ययनपछि भूगर्भविद्ले दिएको प्रतिवेदनका आधारमा पीडित परिवारलाई स्थानान्तरणका लागि आवश्यक जग्गा व्यवस्थापन र समन्वय तथा सहकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जलजला गाउँपालिकाले पहल गरिरहेको छ।

आगामी वर्षा हुनुअगावै ती घर सुरक्षित स्थानमा सारिएन भने फेरि पहिरोले जोखिम निम्त्याउन सक्ने भएकाले पालिका र पीडितबीच समन्वय गरेर नयाँ ठाउँमा घर निर्माण गर्न पहल गरिएको समेत प्रजिअ आचार्यको भनाइ छ।

कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ वटा घर विस्थापित हुनुका साथै झन्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। असार दोस्रो सातादेखि पानी परेको समय आउने लेदो सहितको पहिरोले हालसम्म ६ वटा घरपरिवार समस्या परेको जलजला गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बताए। 

‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ। हामीले आगामी वर्षायामअघि नै उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकेनौँ भने फेरि ठूलो जोखिम आउन सक्छ। त्यसतर्फ सचेत बनेर कार्ययोजनामा लागेका छौं’, आचार्यले भने। वर्षायाममा ती पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिएर बसेका थिए। वर्षा सकिएसँगै उनीहरू घर फर्किएका छन्। 

कुवापानीको जंगलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झन्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरो पीडित पदम कार्कीले बताए। पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको थियो। उक्त पहिरोकै कारण पूर्ण गाउँमा रहेको बराह ताल पूर्ण रुपमा बगर बनेको छ। त्यहाँ रहेका कार्की र घर्तीका दुई वटा मन्दिरमा क्षति पुगेको छ। 

त्यसैगरी मल्लाजहुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडक पूर्णरुपमा क्षति पुर्याएको थियो। जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार यस वर्षको वर्षायाममा जिल्लाभर २७ वटा घरमा क्षति पुगेका छ।–रासस 

प्रकाशित: Oct 26, 2023| 16:30 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्