सोमबार, वैशाख २४, २०८१

कबड्डीकी कलावती, जसले नेपाललाई दिलाइन् कास्य पदक

कास्य पदक विजेता महिला कबड्डी टोलीमा १२ खेलाडीमध्ये सबै विभागीय टोलीमा आबद्ध रहे पनि कलावती एक्ली सुदूरपश्चिमबाट छनोट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।
 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ वर्षीया कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कबड्डी खेल्न सुरु गरिन्। बाल्यकालबाटै कबड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिए।

triton college

स्कुलमा कबड्डी खेल्न थालेको तीन वर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पुर्याइन्। शिक्षकको सहयोगको भरमा कबड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कबड्डी टोलीको महत्त्वपूर्ण खेलाडी थिइन्।

उक्त प्रतियोगितामा कास्य पदक विजेता महिला कबड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए। उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।

विभागीय टोलीमा रहेका खेलाडीले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन्’, उनी भन्छिन्, ‘हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनोटमा पर्नु सामान्य कुरो होइन।’ विद्यालय स्तरमा हुने कबड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीको कप्तानी गरिन्। त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधैं प्रथम भयो।

केही वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन्। हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेलमा अघि बढ्ने चाहना व्यक्त गरिन्। ‘यसपालि सुदूरपश्चिमका सात जनामध्ये म मात्रै बिनाविभागीय खेलाडी थिए’, कलावती भन्छिन्, ‘राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एसियाली कपले सिकायो।’

corrent noodles
Metro Mart

नवौं राष्ट्रिय प्रतियोगिता हुनुअघि सुदूरपश्चिमको टोलीमा परेकी उनी सो प्रतियोगिताको पूर्वसन्ध्यामा महेन्द्रनगरस्थित कबड्डी प्रशिक्षण केन्द्रमा तीन महिना बन्द प्रशिक्षणमा बसेको बताइन्। सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुबा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन्। ‘बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पुर्याउनुभयो’, उनी भन्छिन्, ‘अब खेलसँगै परिवारमा खुसी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ।’

तीन बहिनी र दुई भाइमध्ये बहिनीबाट कान्छी हुन् कलावती। उनले राज्यका लागि एसियालीमा पदक ल्याउँदा काठमाडौंमा प्रोत्साहन र सम्मान मिले पनि गृह प्रदेश र जिल्लामा भने कुनै वास्ता नभएको गुनासो गरिन्। ‘विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडी पदक जितेर र राम्रो प्रर्दशन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटा सामाजिक सञ्जालमा धेरै नियालें’, कलावती भन्छिन्, ‘सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागेदार हुन्थें होला।’

गृहनगर शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा आफूलाई स्वागत गर्न धनगढीस्थित गेटा विमानस्थल पुगेको उनले जानकारी दिइन। ‘हामी खेलाडीले सम्मान मागेको होइन् त्यो गुनासो पनि छैन।’ कलावती भन्छिन्–“ स्थानीय स्तरमा पाइने प्रोत्साहनले थप हौसला मिल्छ भन्ने हो तर त्यो यहाँ भएको छैन।’ कबड्डी प्रशिक्षक विष्णुदत्त भट्ट पनि कलावती अनुशासित र मिहिनेती खेलाडी भएको बताउँछन्।

‘उनी स्कुलस्तरको खेलबाट यहाँसम्मआएकी हुन्’, उनी भन्छन्, ‘त्यसपछि महेन्द्रनगर प्रशिक्षणमा बसियो र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै एसियालीसम्म पुग्नु उनको ठूलो सफलतै हो।’–रासस

प्रकाशित: Oct 26, 2023| 11:26 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्