काठमाडौं– जनकपुरधाम उपमहानगर–२३ बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको छ। धनुषा प्रहरीका अनुसार अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परे पनि पहिचान हुन सकेको छैन।
मुखमा रगत देखिएको, मृत्यु शंकास्पद भएको आशंकामा घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।