शुक्रबार, जेठ २२, २०८३

भलिबल खेलाडी श्रेष्ठ मृत भेटिए

 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०
National life
Shivam cement

भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सिद्धलेक गाउँपालिका-३ ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो।

उनी गंगाजमुना-४ गुम्दीका स्थायी वासिन्दा हुन्। श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए। उनी धादिङको टिमका कप्तान थिए। उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो। उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ।

श्रेष्ठकी श्रीमती विदेशमा छिन्। उनको मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ। घटनास्थल आसपासमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला नपरेको प्रहरीले बताएको छ।
 

प्रकाशित: Oct 26, 2023| 10:00 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्