शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • क्रेनमा च्यापिएका सहचालकलाई स्थानीयले निकाले, अस्पतालमा मृत्यु

क्रेनमा च्यापिएका सहचालकलाई स्थानीयले निकाले, अस्पतालमा मृत्यु

 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०
National life
Shivam cement

मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडक खण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए।

क्रेनले च्यापिएको अवस्थामा रहेका उनलार्ई स्थानीयवासीको सहयोगमा निकालिएको थियो। पर्सा जिल्ला वीरगञ्ज महानगर पालिका ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते भएको उनले जानकारी दिए।

प्रकाशित: Oct 26, 2023| 09:53 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्