काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ। करिब डेढ महिनादेखि काठमाडौंमा उपचाररत यादवको मंगलबार राती पौने १२ बजे निधन भएको हो।
यादवलाई दसैं टीकाका दिन मंगलबार दिउँसो नर्भिक अस्पतालबाट वीर अस्पताल रिफर गरिएको थियो।
३८ वर्षीय यादव आज दिउँसो १ बजे हिन्दु पराम्पराअनुसार अन्त्येष्टि गरिएको छ। मधेस आन्दोलनमा सक्रिय यादव राजपा नेपाल हुँदै जसपामा आबद्ध भएका थिए।यादवको जन्मघर बाराको परवानीपुर गाउँपालिका– ३ लिपनीमाल हो।