शुक्रबार, जेठ २२, २०८३

दसैंको दोस्रो दिनः आज पनि लगाइँदै मान्यजनबाट टीका, जमरा

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ।
 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

काठमाडौं– दसैं टीकाको दोस्रो दिन आज पनि मान्यजन र परिवारका आफन्तको हातबाट टीका र जमरा लगाउने क्रम जारी छ। बडादसैंको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ।

National life

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ। आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास छ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रुपमा लिने गरिन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि बडादसैं समापन हुन्छ। 

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आशीर्वाद लिन जान्छन्।  नेपालको पश्चिम भेगतिर विजया दशमीका दिन मात्रै टीकाजमरा लगाउने चलन छ।

प्रकाशित: Oct 25, 2023| 11:25 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्