शुक्रबार, जेठ २२, २०८३

बालबालिकालाई कुलत लगाएको आरोपमा फेसबुकमाथि मुद्दा

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

काठमाडौं- फेसबुक सञ्चालक कम्पनी मेटालाई अमेरिकाका ३३ वटा राज्यले मुद्दा दायर गरेका छन्। इन्स्टाग्राम र फेसबुकका सुविधाहरू प्रयोग गरेर बच्चाहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन आकर्षित गरेर कुलत लगाएको आरोप मेटामाथि लागेको छ।

National life

कोलोराडो, क्यालिफोर्निया लगायत ३३ राज्यले क्यालिफोर्नियाको एक जिल्ला अदालतमा संयुक्त मुद्दा दायर गरेका हुन्। फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र मेसेन्जरको स्वामित्व रहेको मेटाले उपभोक्ता संरक्षण कानुनको उल्लङ्घन गरी बालबालिकालाई गलत रूपमा फसाएर र प्रयोगकर्ताहरूलाई सुरक्षाको बारेमा धोका दिएको दाबी मुद्दामा गरिएको छ। डिस्ट्रिक्ट अफ कोलम्बिया र अन्य आठ राज्यहरूले मंगलबार नै मेटाविरुद्ध उस्तै दाबीहरूका साथ छुट्टै मुद्दा दायर गरेका छन्।

मेटाको इन्स्टाग्राम जस्ता प्लेटफर्महरूले सुविधा र डिजाइनहरू हेरफेर गर्दै युवा प्रयोगकर्ताहरूलाई मनोवैज्ञानिक रुपमा चलाउन बाध्यकारी बनाउँदै कुलतमा फसाएको दाबी उनीहरुले गरेका छन्। कम्पनीका एल्गोरिदम बालबालिका र किशोर-किशोरीहरूलाई विषाक्त र हानिकारक सामग्रीको दुष्चक्रमा धकेल्न डिजाइन गरिएको पनि तर्क गरिएको छ। असीमित स्क्रोल र निरन्तर प्राप्त भइरहने अलर्टले युवा प्रयोगकर्तालाई आफूसँग जोडिरहन बाध्य बनाएको देखिन्छ। आमाबाबुको अनुमति बिना बालबालिकाहरूको व्यक्तिगत डाटा गैरकानुनी रूपमा संकलन गरेको आरोप पनि मेटामाथि लागेको छ।

'मेटाले युवा र किशोर-किशोरीहरूलाई प्रलोभनमा पार्न, संलग्न गराउन र अन्ततः फन्दामा पार्न शक्तिशाली र अभूतपूर्व प्रविधिहरू प्रयोग गरेको छ,' मुद्दामा भनिएको छ। मेटाले आफ्ना एपहरूमा किशोर-किशोरीलाई सुरक्षित वातावरण उपलब्ध गराउन काम गरिरहेको र किशोरकिशोरी र परिवारहरूलाई सहयोग गर्न ३० भन्दा बढी उपकरणहरू ल्याएको बताइएको छ।

प्रकाशित: Oct 25, 2023| 11:11 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्