आइतबार, असार १, २०८२

चीनका रक्षामन्त्री ली बर्खास्त

 |  बुधबार, कात्तिक ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

vianetvianet

काठमाडौं- चीनले रक्षामन्त्री ली साङ्फुलाई बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन र नयाँ रक्षामन्त्री को हुने भन्ने घोषणा पनि गरेको छैन । सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि रक्षामन्त्री बर्खास्तीमा परेका हुन्।

गत जुलाईमा सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई पनि बर्खास्त गरिएको थियो । उनको बर्खास्तीपछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले लेखेको छ ।

चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले गरेको चीनको सीसीटीभीले रिपोर्ट गरेको छ ।

रोयटर्सका अनुसार गत महिना रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएका थिए । उनी पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिएका थिए।
 

प्रकाशित: Oct 25, 2023| 07:37 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्