शुक्रबार, जेठ २२, २०८३

इजरायलले माग्यो राष्ट्रसंघका महासचिवको राजीनामा

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले इजरायल-हमास स‌ंघर्षबारे बोलेको कुरामा इजरायलले कडा प्रतिक्रिया व्यक्त गरेको छ। गुटेरेसले सात अक्टोबरमा इजरायलमाथि गरेको हमला अचानक वा अकारण नभएको बताएका थिए।

National life

उनले भनेका छन्, 'प्यालेस्टिनी जनता पछिल्लो ६५ वर्षदेखि प्रताडना झेलिरहेका छन्। उनीहरुले आफ्नो जमिन विस्तारै विस्तारै इजरायली बस्तीमा पुगेको र हिंसामा परेको देखे। अर्थव्यवस्था धराशायी बन्यो। उनीहरुका घर ध्वस्त बनाइए र विस्थापित हुन पुगे। उनीहरुको कष्टको राजनीतिक समाधानमा कुनै प्रगति हुन सकेन।'

गुटेरेसको यो भनाइपछि संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड इरडानले गुटेरेसले राजीनामा माग गरेका छन्। यसैबीच हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०० भन्दा बढीको मृत्यु भएको बताएको छ।

सात अक्टोबरदेखि भइरहेको संघर्षका क्रममा २४ घण्टामा भएको मृत्यु यो सबैभन्दा धेरै हो। योसँगै इजरायलको बमबारीका कारण गाजामा मृत्यु हुनेको संख्या ५ हजार ७ सय नाघेको छ। यसैगरी इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ।

महासचिव गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने पनि बताएका छन्। उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूहबीच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन्।

Shivam cement

हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाको प्रयोग गरेर निरन्तर आक्रमण गरिएको छ। इजरायलको आक्रमणका कारण हजारौं प्यालेस्टाइन नागरिकको ज्यान जानुका साथै लाखौं घरबार विहिन भएका छन्।

१५ सदस्यीय राष्ट्रसंघको सुरक्षा परिषद्‍लाई सम्बोधन गर्दै गुटेरेसले निर्दोष सर्वसाधारणको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने र यसले द्वन्द्वलाई चर्काउन मात्रै मद्दत पुग्नेमा सचेत रहन समेत आग्रह गरेका थिए। 

इजरायलको नाम नलिई गुटेरेसले भनेका छन्, 'नागरिकहरूको सुरक्षा गर्नु भनेको दश लाखभन्दा बढी मानिसहरूलाई आश्रय, खाना, पानी, औषधि र इन्धन नै नभएको दक्षिणतिर लखेट्नु होइन। र, त्यहाँ पनि आक्रमण र बम विष्फोट जारी छ।'
 

प्रकाशित: Oct 25, 2023| 07:24 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्