शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर मृत्यु, एक बेपत्ता

दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर मृत्यु, एक बेपत्ता

 |  मंगलबार, कात्तिक ७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०
National life
Shivam cement

भैरहवा- दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए। 

सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए। बेपत्ता सन्तकुमारको खोजी भैरहेको उनले बताए। रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ।

प्रकाशित: Oct 24, 2023| 18:02 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्