आइतबार, वैशाख १३, २०८३

नेपालले जित्यो एसिसी यू-१९ प्रिमियर कपको उपाधि    

 |  मंगलबार, कात्तिक ७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०

नेपालले एसिसी यू- १९ प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा युएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो।

National life

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।  

वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा युएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो। तर, युएई २६.५ ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो। नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए। उनले ९२ बल खेल्दै नाै चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै, उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए। अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहोराले पाँच, हेमन्त धामीले सात तथा विशालविक्रम केसी तीन रनमा आउट भए। युएईका लागि हरित शेट्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए।  

जवाफी ब्याटिङमा उत्रिएको युएईले सन्तोषजनक सुरुवात गरे पनि जित हासिल गर्न सकेन। उसका लागि ध्रुव परेसारलले सर्वाधिक ५९ रन बनाए भने कप्तान आयन खानले ३०, अर्यांश शर्माले ३२ रन बनाए। नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिए भने सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए।

kumari

प्रकाशित: Oct 24, 2023| 17:35 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्