शुक्रबार, भदौ २६, २०८३

अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए दसैँको शुभकामना

 |  मंगलबार, कात्तिक ७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले समस्त नेपालीजनमा दसैँको शुभकामना दिएका छन्। अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना सन्देश पठाउन पाउँदा आफू खुसी भएको उनले बताएका छन्।

पुरानो चाडपर्वको अनुष्ठान नयाँ देशमा एउटा महत्त्वपूर्ण विरासत भएको भन्दै प्रधानमन्त्री एन्थोनीले आमाबाबु र हजुरबा हजुरआमाले छोराछोरी र नाति नातिनाहरूलाई दसैँको आशीर्वादसँगै संस्कृति र परम्पराको संरक्षणसमेत हुने विश्वास जनाएका छन् ।

अष्ट्रेलियाभरका नेपाली समुदायले चाडबाडको योजनामा धेरै समय बिताएको भन्दै उनले दसैँ संसारमा असलता खोज्ने र यसलाई हाम्रो जीवनमा स्वागत गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: Oct 24, 2023| 10:08 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्