शनिबार, असार २१, २०८२

उपत्यकामा आज नेपाल प्रहरीको नि:शुल्क बस सेवा

 |  मंगलबार, कात्तिक ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०

vianetvianet

नेपाल प्रहरीले आज विजयादशमी अर्थात् टीकाका दिन काठमाडौं उपत्यकामा नि:शुल्क बससेवा सञ्चालन गरेको छ।

दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुईवटा मार्गमा नि:शुल्क बससेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८:३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरि नक्साल आउनेछ भने अर्को बस नक्साल हुँदै एयरपोर्ट, भक्तपुर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः नक्साल आउनेछ ।    


 

प्रकाशित: Oct 24, 2023| 10:07 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्