शुक्रबार, जेठ २२, २०८३

जिप दुर्घटनामा १३ जना भारतीय घाइते

 |  मंगलबार, कात्तिक ७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०
National life
Shivam cement

भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्। इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज मंगलबार बिहान ३ः३० बजे उक्त सुमो दुर्घटना भएको हो।

मधेश प्रदेश ०३–००१ज०२८३ नम्बरको सुमो वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमोचालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ का अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए। सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौं पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए 

प्रकाशित: Oct 24, 2023| 09:48 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्