शुक्रबार, जेठ २२, २०८३

राष्ट्रपतिले भाउजूबाट दशैंको टीका लगाउने

 |  मंगलबार, कात्तिक ७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०
National life
Shivam cement

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भाउजूको हातबाट दशैँको टीका लगाउने भएका छन्। राष्ट्रपति पौडेललाई ११:२ बजेको शुभसाइतमा ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलले टीका लगाइदिने कार्यक्रम छ।

त्यसपछि राष्ट्रपति पौडेलले आफ्नो परिवारजनलाई टीका लगाइदिने छन्। यसैगरी उनले नागरिकलाई पनि टीका लगाइदिने कार्यक्रम छ। 

दिउँसो दुईदेखि तीन बजेसम्म विशिष्ट र तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका लगाइदिने कार्यक्रम छ। उनले राष्ट्रपति निवासमा नै टीका लगाइदिने छन्। 
 

प्रकाशित: Oct 24, 2023| 09:47 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्