काठमाडौं- दोलखाको बिगु गाउँपालिका -२ ओराङमा बा१४च ८९३४ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि छ जना घाइते भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।
जिप दुर्घटनामा परि बिगु-२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङको घटनास्थलमा मृत्यु भएको भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाईते भएका छ जनाको सिंगटीमै उपचार भैरहेको प्रहरीले जनाएको छ।