आइतबार, असार १, २०८२

दसैंमा सुनसान बन्यो काठमाडौंका सडक

 |  सोमबार, कात्तिक ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

vianetvianet

काठमाडौं- बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन्। सडकमा सवारी साधान पातलिएका छन्। स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो।

घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट जान थालेका थिए। अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए।

नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो। सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ। नवमीका दिन आफ्ना सवारी साधानलाई धोइपखाली गरी पूजाआजा गरिन्छ।

प्रकाशित: Oct 23, 2023| 17:02 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्