आइतबार, असार १, २०८२

गाजामा मारिए राष्ट्रसंघीय एजेन्सीका २९ कर्मचारी

 |  सोमबार, कात्तिक ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

vianetvianet

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य  निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ। अक्टोबर ७ देखिका हिंसामा उनीहरू मारिएको बताइएको छ।

'हामी स्तब्ध छौं, शोकमा छौां । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ,' राष्ट्रसंघ एजेन्सीले भनेको छ। यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्छ।

यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन्। यसैगरी इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ। टाइम्स अफ इजरायलका अनुसार कसैले बाबुआमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने कसैका बेपत्ता छन्।

 

प्रकाशित: Oct 23, 2023| 15:50 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्