आइतबार, असार १, २०८२

गाजामा मानवीय सहायता जारी राख्न बाइडेन र नेतान्याहु सहमत

 |  सोमबार, कात्तिक ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

vianetvianet

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ। त्यसक्रममा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले नेतन्याहुलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गरेका हुन्। राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गरेको अमेरिकी राष्ट्रपति कार्यालयले दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘मानवीय सहायताका प्याकेजहरू सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टिनीहरूलाई वितरण गरिएको छ।’

साथै राष्ट्रपति बाइडेनले दुई अमेरिकी बन्धकलाई रिहा गर्न इजरायलले गरेको प्रयासको पनि प्रशंसा गरेका छन्। दुई नेताहरूले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकसहित बाँकी सबै बन्धकलाई सुरक्षित बनाउने प्रयासबारे छलफल गर्दै गाजाका अन्य नागरिकहरूलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गरेका छन्।

इजरायलले गाजा क्षेत्रमा हमासविरुद्ध आक्रमण जारी राखेका बेला मानवीय राहतका सामग्री भरिएका १४ ट्रक रफाह क्रसिङ हुँदै सोमबार गाजा पट्टीमा प्रवेश गरेका थिए।

प्रकाशित: Oct 23, 2023| 15:43 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्