शुक्रबार, भदौ २६, २०८३

इजरायलको दाबी- हमासले एटम बम बनाउँदैछ

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्यालेस्टिनी विद्रोही समूह  हमासले एटम बम (आणविक हतियार) बनाउने तयारी गरिरहेको दाबी गरेका छन्। हमासका लडाकुसँग रासायनिक  हतियार तयारीसम्बन्धी दस्तावेज भेटिएको उनले बताएका छन्।

रासायनिक हतियार कसरी बनाइन्छ भन्ने कुरा उक्त दस्तावेजमा लेखिएको उनले बताएका छन्। स्काइ न्युजलाई दिएको अन्तर्वार्तामा उनले रासायनिक हतियार बनाउने गाइड हमासका एक लडाकुको शवमा भेटिएको हो।

ती लडाकुसँग रहेको एक डिभाइसमा उक्त दस्तावेज सेभ  थियो। इजरायलको किबुत्ज इलाकामा सात अक्टोबरमा भएको आक्रमणमा मारिएका एक लडाकुको शरीरमा यो भेटिएको थियो। हमास र इजरायलबीच दुई सातादेखि  युद्ध जारी छ।

Israel-Palestinians-Gaza-1697191269.jpg

प्रकाशित: Oct 23, 2023| 15:27 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्