शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • टीकाको शुभ साइत ११ बजेर २ मिनेटमा, दिनैभर लगाउन छैन बाधा

टीकाको शुभ साइत ११ बजेर २ मिनेटमा, दिनैभर लगाउन छैन बाधा

 |  मंगलबार, कात्तिक ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०

vianetvianet

नेपाल पञ्चाङ्‍ग निर्णायक समितिले यस वर्षको दसैंको टीकाका लागि उत्तम साइत सार्वजनिक गरेको छ। विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११:२ बजेको साइत शुभ रहेको छ।

टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

विजयादशमीका दिन बिहान ९:२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ। तुलजा भवानीलाई बिहान १०: ३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ।

खड्गयात्रा पनि यसै दिन गरिने छ। यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ। त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ।

प्रकाशित: Oct 24, 2023| 07:14 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्