सोमबार, वैशाख २४, २०८१

यूएईलाई हराउँदै त्रिदेशीय टी-२० सिरिजको फाइनलमा नेपाल

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

त्रिदेशीय टी-२० सिरिजमा नेपालले यूएईलाई पाँच विकेटले पराजित गरेको छ। सोमबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको हो।

triton college

यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। चार बल बाँकी रहँदा नै नेपालले युएईले दिएको १६५ रनको लक्ष्य पूरा गरेको हो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४० रन बनाए। नेपालका ओपनर आशिफ शेखले ६२ रन बनाए। अर्का ओपनर कुशल भुर्तेल एक रन, कुशल मल्ल शून्य र सोमपाल कामी दुई रनमै आउट भए।

कप्तान रोहित पौडेलले ४७ रन बनाएर आउट भए। बलिङतर्फ अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट गरेका थिए।

त्यसअघि अविनाश बोहराले युएईको दुई महत्वपूर्ण विकेट लिए। यूएईका बसिल हमिद र भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट बोहराले रोके। उनीहरू दुवै ४५ रन बनाएर आउट भएका थिए।

corrent noodles
Metro Mart

त्यसअघि कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भएका थिए। गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरेका थिए। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्ने क्रममा सोमपाल कामीले क्याच आउट गरेका थिए।

सोमपाल कामीले पनि दुई विकेट लिएका छन्। उनले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।

सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौं बलमा बोल्ड गरे। शाह १२ रन बनाएर आउट भए।

त्रिदेशीय सिरिजमा नेपालले लगातार चार जित हात पारिसकेको छ। नेपालले हङकङलाई दुई पटक र यूएईलाई दुई पटक पराजित गरेको हो।

चार जित हात पारेसँगै नेपालले शुक्रबार हुने कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ। त्यसअघि बुधबार यूएई र हङकङबीच मूलपानीमा खेल हुनेछ। आइतबार यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

प्रकाशित: Oct 23, 2023| 15:01 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्