शुक्रबार, जेठ २२, २०८३

राष्ट्रपति पौडेलले गरे नौ कन्याको पूजा

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०
National life
Shivam cement

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा नौ कन्याको पूजा गरेका छन्। नवरात्रिको नवौं दिन आज उनले नवदुर्गाको अवतारस्वरुप शीतल निवासमा नौ कन्याको पूजा गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले कन्याको गोडा धोएर, टीका लगाई उपहार पनि प्रदान गरे। दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्र प्रमुखले नौ कन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ।

शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ।

प्रकाशित: Oct 23, 2023| 12:31 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्