राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा नौ कन्याको पूजा गरेका छन्। नवरात्रिको नवौं दिन आज उनले नवदुर्गाको अवतारस्वरुप शीतल निवासमा नौ कन्याको पूजा गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले कन्याको गोडा धोएर, टीका लगाई उपहार पनि प्रदान गरे। दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्र प्रमुखले नौ कन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ।
शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ।