डीभी ग्रुपका अध्यक्ष विश्वनाथ प्रसाद साहलाई मातृ शोक परेको छ। साह परिवारद्वारा जारी शोक सन्देशअनुसार अर्जुन प्रसाद साह र विश्वनाथ प्रसाद साहकी प्रात: स्मरणीय आमा श्रीमती तारा देवी साहको २०८० असोज २८ गते आइतबार निधन भएको हो।
दिवंगत आत्माको चिर शान्तिका लागि आयोजित शुद्ध शान्ति कर्ममा उपस्थित भई पितृ प्रसाद ग्रहणका लागि अनुरोध गरिएको छ।
कार्यक्रम
नौकेश: २०८० कार्तिक ७ गते मंगलबार
एकादशा: २०८० कार्तिक ८ गते बुधबार
द्वादशा: २०८० कार्तिक ९ गते बिहीबार
शुद्धि भोज: अपरान्ह ४ बजेदेखि
स्थान: मशाला कटेज, तिरुहुतिया गाछी, जनकपुरधाम-४