शुक्रबार, जेठ २२, २०८३

पाल्पामा भ्यान दुर्घटना, चारजना गम्भीर घाइते

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

National life

उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। आज बिहान ५ बजेतिर आर्यभञ्ज्याङ-रामपुर सडक खण्ड हुँदै वीरकोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन्। 

हिजोमात्रै पाल्पामा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Oct 23, 2023| 08:31 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्