शुक्रबार, जेठ २२, २०८३

धादिङमा एकैदिन ४ म्याग्निच्युडभन्दा माथिका ६ धक्का

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०
National life
Shivam cement

आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएयता लगातार परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन्।

बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो। त्यसपछि बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको थियो। त्यस्तै, ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युड र ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गयो।

अपराह्न ४ बजेर ३ मिनेट जाँदा पुनः ४.४ म्याग्निच्युडको परकम्प गयो भने साँझ ५ बजेर ३१ मिनेटमा ५.० म्याग्निच्युड र त्यसको दुई मिनेटपछि नै ५.१ म्याग्निच्युडको लगातार दुई परकम्प गएको थियो। यी सबै परकम्पको केन्द्रबिन्दु धादिङ जिल्ला नै थियो।

प्रकाशित: Oct 23, 2023| 07:36 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्