शुक्रबार, जेठ २२, २०८३

तलेजुमा बिहानैदेखि लामो लाइन

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ।

National life

महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका छन्।

तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्छन्। दैवी शक्ति वा मातृ शक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरिन्छ।

तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइन्छ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले तान्त्रिक विधिपूर्वक कालरात्रि पूजा गर्ने चलन चलेको हो।

Shivam cement

प्रकाशित: Oct 23, 2023| 07:32 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्