शुक्रबार, भदौ २६, २०८३

हात्तीको आक्रमणपछि बेपत्ता महिला मृत भेटिइन्

हात्तीको आक्रणमा परेर ५४ वर्षीया अधनया देवी र पनावतीकुमारी चौधरी घाइते भए पनि मनियादेवी कुमर बेपत्ता थिइन्। 
 |  आइतबार, कात्तिक ५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं– रौतहटमा हात्तीको आक्रमणमा परेर  एक महिलाको मृत्यु भएको छ। शनिबार चन्द्रपुर नगरपालिका–५ राजपेडस्थित जंगलमा घाँस काट्न गएका तीन जना महिलामाथि हात्तीले आक्रमण गरेको थियो। 

हात्तीको आक्रणमा परेर सोही ठाउँका५४ वर्षीया अधनया देवी र पनावतीकुमारी चौधरी घाइते भए पनि मनियादेवी कुमर बेपत्ता थिइन्।

हात्तीको आक्रमणपछि बेपत्ता भएकी मनियादेवीको नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुरको संयुक्त टोलीले खोजी गर्ने क्रममा आज बिहान साढे ७ बजे जंगलमा शव फेला परेको हो। पोस्टमार्टमका लागि शव गौरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दामोदर केसीले बताए।

प्रकाशित: Oct 22, 2023| 13:55 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्