शुक्रबार, जेठ २२, २०८३

धादिङ भूकम्पले २० घर भत्किए

भूकम्पछि पटक–पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्पन गएपछि सुरक्षाका लागि घर बाहिर निस्किए मानिस।
 |  आइतबार, कात्तिक ५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं– आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्।

National life

भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको ज्वालामुखीका पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए।

पटक–पटक चार रेक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्पन गएका कारण मानिस घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरको विस्तृत विवरण संकलन जारी रहेको बताए। धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: Oct 22, 2023| 12:32 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्