शनिबार, जेठ ३१, २०८२

इजरायल आक्रमणमा मृत्यु भएका तीन जनाको शव काठमाडौं ल्याइयो

१० जनाको मृत्यु भएकामा तीमध्ये नारायणप्रसाद न्यौपानेको शनिबार राती र दीपेश विष्ट एवं लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइएको हो।
 |  आइतबार, कात्तिक ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

vianetvianet

काठमाडौं– इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परेर मृत्यु भएका नेपालीमध्ये तीन जनाको शव काठमाडौं ल्याइएको छ। १० जनाको मृत्यु भएकामा तीमध्ये नारायणप्रसाद न्यौपानेको शनिबार राती र दीपेश विष्ट एवं लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइएको हो।

न्यौपाने, धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ। आक्रणमा परी मृत्यु भएका आशीष चौधरीको शव आज दिउँसो काठमाडौं आइपुग्ने बताइएको छ।
चार वटै शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल ल्याइएका शवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूतलगायतले श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा इजरायली राजदूत हनान गोडरले हमासको आक्रमणमा परी मृत्यु भएका १ हजार ४०० जनाको शव इजरायलमा रहेको जानकारी दिए। इजरायलमा बेपत्ता विपिन जोशीलाई खोज्न अन्तर्राष्ट्रिय समुदाय र हमासलाई पनि आग्रह गरिएको बताए।

इजरायलस्थित नेपाली राजदूतावासले पहिलो चरणमा चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको जनाएको छ । अन्य ६ जना नेपालीको शव भने पहिचान गर्नेे र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्नेछ।

National life insurance

लर्न र एन्ड अर्न कार्यक्रअन्तर्गत कृषि विषय पढ्न इजरायल पुगेका नेपाली विद्यार्थी गत २० असोजमा हमासले गरेको आक्रमणमा परेका थिए।

प्रकाशित: Oct 22, 2023| 10:41 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्