शुक्रबार, भदौ २६, २०८३

काठमाडौंमा भूकम्पको धक्का महसुस, इपिसेन्टर धादिङ

 |  आइतबार, कात्तिक ५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७:३९ बजे भूकम्प गएको हो।

भूकम्पको धक्का धादिङ, सिन्धुपाल्चोक र काभ्रे आसपासमा पनि महसुस गरिएको छ। ६.१ म्याग्निच्युडको भूकम्पको इपिसेन्टर धादिङको खरी भन्ने ठाउँ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पको क्षतिको कुनै विवरण आएको छैन। 

२०७२ वैशाख १२ गते उत्तरी गोरखाको बाकपाक केन्द्रविन्दु गरी भूकम्प गएको थियो। त्यस्तै २०७२ वैशाख २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प गएको थियो। त्यसयता परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गर्न रोकिएको थियो।

पछिल्लो पटक बझाङ केन्द्रविन्दु गरी पनि पटकपटक भूकम्प गइरहेको छ। 
 

प्रकाशित: Oct 22, 2023| 08:11 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्