काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७:३९ बजे काठमाडौं आसपासमा भूकम्पको धम्का महसुस गरिएको हो।
भूकम्पको धक्का धादिङ, सिन्धुपाल्चोक र काभ्रे आसपासमा पनि महसुस गरिएको छ। पछिल्लो पटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ।