शुक्रबार, जेठ २२, २०८३

महाधिवेशन लगत्तै फुट्यो एनआरएनए

 |  आइतबार, कात्तिक ५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औं महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ। बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो। 

National life

यो समिति नै आधिकारिक भएको उनीहरूले दाबी गरेका छन्। समानान्तर कार्यसमितिमा केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष छन्। त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन्।

महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन्।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन्।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन्।

Shivam cement

शनिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए। मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको उनीहरूले बताए। 

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए। उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको तर्क गरे। उनले गैरआवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए। त्यस्तै महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए।

प्रकाशित: Oct 22, 2023| 06:41 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्