शुक्रबार, जेठ २२, २०८३

हमासको लगानीबारे अनुसन्धान गर्दै स्विट्जरल्यान्ड

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

स्विट्जरल्यान्डले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण नगरे पनि उसको सम्भावित लगानीको स्वीस न्यायपालिकाले अनुसन्धान गरिरहेको महान्यायाधिवक्ताले बताएका छन्।

National life

महान्यायाधिवक्ता स्टेफन  ब्ल्याटरले स्विस सार्वजनिक रेडियो स्टेसन एसआरएफमा धेरै विवरण उल्लेख नगरी हमासले अक्टोबर ७ मा इजराइलमाथि हमला गर्नुभन्दा ‘कयौँ सातापहिला’ अनुसन्धान सुरु गरिएको जानकारी दिए। महान्यायाधिवक्ताको कार्यालयले पछि एएफपीलाई ‘स्विट्जरल्यान्डलाई हमासको लगानीको आशङ्का’ मा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। 

युरोपेली युनियन र अमेरिकाविपरीत स्विट्जरल्यान्डले हमासमाथि प्रतिबन्ध लगाएको छैन किनकी अनुसन्धान कठिन हुने अपेक्षा गरिएको छ। तर हमासले इजराइलमाथि हमला गरेपछि स्विस सरकारलाई कारबाही अगाडि बढाउन माग बढ्न थालेसँगै त्यसको प्रतिक्रियास्वरूप अनुसन्धान सुरु गर्न बल प्राप्त भएको छ। 

हमलाको चार दिनपछि सरकारले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण गर्नुपर्छ भन्ने विचारमा रहेको बताएको छ। आक्रमणपछि गठन गरिएको मध्यपूर्व टास्क फोर्सलाई इस्लामिक लडाकू समूहलाई ‘आतङ्कवादी’ का रूपमा वर्गीकरण गर्ने विकल्पहरूको अध्ययन गर्ने जिम्मा दिइएको छ तर स्विस सरकारले उक्त विषयमा कुनै समयसीमा दिएको छैन । 

हमलाको दुई दिनपछि स्विस राष्ट्रपति इग्नाजियो क्यासिसले संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएका संस्थाहरूमाथि मात्र सरकारले प्रतिबन्ध लगाउन सक्ने तर्क दिएका थिए।     राष्ट्रसङ्घले प्रतिबन्ध लगाएकै कारण अल–कायदा र इस्लामिक स्टेट समूहका साथै केही सम्बन्धित सङ्गठन मात्र हाल स्विट्जरल्यान्डमा प्रतिबन्धित छन्।

Shivam cement

संसद्मा हमासमाथि प्रतिबन्ध लगाउने अहिलेसम्मका सबै प्रयास असफल भएका छन् तर तल्लो सदनको एक समितिले हालै एउटा नयाँ प्रस्ताव पेस गरेको छ।

प्रकाशित: Oct 21, 2023| 22:55 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्