शुक्रबार, भदौ २६, २०८३

इजरायलबाट ल्याइएका चार नेपालीको शव सिधै धनगढी लगिने

 |  आइतबार, कात्तिक ५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट निधन भएका चार जना नेपालीको शव आज आइतबार नेपाल ल्याइँदै छ।

आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा शवहरू आइपुग्ने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। एनपी साउद र इजरायली राजदूत विमानस्थल पनि विमानस्थल जाने कार्यतालिका छ। 

शवहरू आइतवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको सचिवालयले जनाएको छ। मारिएका चार विद्यार्थी सुदूरपश्चिमका हुन्। 

प्रकाशित: Oct 22, 2023| 05:33 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्