शुक्रबार, जेठ २२, २०८३

भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी सहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो। 

National life

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताए। उनले भने, ‘नगरपालिकाले एकमुष्ट लाभग्राहीको व्यक्तिगत खातामा रकम जम्मा गरिदिन्छ, भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुन्छ। त्यसैले हामीले सहजीकरण गरेर सबैको पैसा घरमा नै पुर्‍याएका हौँ।’ नगरपालिकाले सबैको खातामा पैसा हालिदिएपछि लाभग्राहीको घरमा पुगेर चेक जम्मा गरेर वडा कार्यालयले बैंकमा पुगेर सबैको रकम एकमुष्ट साटेर लाभग्राहीको हातमा दिएको वडाध्यक्ष तिवारीले बताए। 

‘हामीले बैङ्कका कर्मचारीलाई हाम्रो विश्वास लाग्दैन भने हामीले चेक लिने बेलामा सबै वृद्ध बुबाआमाले चेकमा ल्याप्चे लगाउनुभएको भिडियो खिचेर तपाईंहरुलाई ल्याएर देखाउँछौँ भनेपछि बैङ्कका कर्मचारीले विश्वास गरेर रकम साटिदिनु भएर हामीले घरमै पुर्‍याउन सफल भएका हौँ,’ उनले भने। बैङ्किङ पद्धतिबाट पैसा आउने गरेको भन्दै वडाध्यक्ष तिवारीले भूगोलका कारण लाभग्राहीलाई बैङ्कसम्म पुग्न कठिन हुने भएकाले आफूहरुले सहयोग गरेको बताए। ‘हाम्रो वडाबाट एकपटक भत्ता बुझ्न जाँदा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म खर्च हुने बाटो छ,’ उनले भने, ‘यस्तो समस्याको समाधान गर्नुपर्ने हामी जनप्रतिनिधिको दायित्व पनि हो। त्यसैले रकम घरमै लगेर वितरण गरेका हौँ।’ 

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडा सदस्यहरुलाई समेत परिचालन गरेको वडाध्यक्ष तिवारीले बताए। 

वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी छन्। ९० वर्षीय सानुमाया सुनारले दिनभरि हिँडेर लाइनमा बसेर भत्ता बुझ्नै समस्या हुने गरेकामा वडा कार्यालयले घरमै लगेर दिँदा आफूहरुलाई सहज भएको बताइन्। 

Shivam cement

प्रकाशित: Oct 21, 2023| 22:02 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्