शुक्रबार, जेठ २२, २०८३

दसैंमा मनकामना केबलकार ३ दिन बन्द हुने

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०
National life
Shivam cement

मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ। नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ।
दसैँमा मनकामना केबलकार ३ दिन बन्द हुने

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्नेगरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

प्रकाशित: Oct 21, 2023| 19:24 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्