आइतबार, कात्तिक १६, २०८२

त्रिदेशीय टी–२०: नेपालद्वारा हङकङ ७९ रनले पराजित

नेपालले ६ विकेट गुमाएर दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनायो।
 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

काठमाडौं– नेपालले त्रिदेशीय टी–२० सिरिजमा हङकङलाई ७९ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ।

Kumaribank

आज मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो। नेपालले ६ विकेट गुमाएर दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनायो। नेपालका लागि टी–२०मा डेब्यु गरेका प्रतिश जिसीले १९.५ बलमा हरुन आर्शदको विकेट लिए।

नेपालको ब्याटिङतर्फ कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक रन पूरा गरे। मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भए। उनले तीन चौका र ९ छक्का प्रहार गरेका छन्। दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ५७ रन बनाए। उनले ६ चौका र दुई छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्।

ओपनर आसिफ शेखले १३ बलमा २० रन पूरा गरी आउट भए। कप्तान रोहित पौडेलले ११ रन, सोमपाल कामीले ८ रन र ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए। 

नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजमा नेपालले योसँगै तीन खेलमा जित हात पारेको छ। यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो। गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

Metro Mart

आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ। 

प्रकाशित: Oct 21, 2023| 14:43 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्