बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या

 |  शनिबार, कात्तिक ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

तुलसीपुर- दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ। प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सविहीन भएको हो। एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ। 

triton college

निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ। अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही टेकराज भण्डारीले बताए।

अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए। पटक–पटक बिग्रिने र बनाउँदा पाँच-सात लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्काएर राख्नु परेको उनको भनाइ छ। 

‘पटक–पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्यभन्दा बढी मर्मतमै खर्च हुने देखियो’, उनले भने, ‘त्यसैले पनि हामीले अहिले यसलाई थन्काएर राख्नुपर्ने अवस्था आएको छ।’

यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरूले ध्यान दिएको अस्पतालका स्टोर प्रमुख रेश्मीराज अधिकारीले बताए। ‘अन्य संस्थाहरुका एम्बुलेन्स पनि पर्याप्त छन्’, सुपरिटेन्डेन्ड डा अधिकारीले भने , ‘त्यसैले पनि हामीले बनाउनुभन्दा अवधि पुगेमा लिलामी गर्नेतर्फ ध्यान दिएका छौँ।’ २०६६ सालमा उक्त एम्बुलेन्स खरिद गरिएको थियो।  

Metro Mart
vianet

यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरूले ध्यान दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताए। सुपरिटेन्डेन्ट डा अधिकारीका अनुसार सबै ठाउँबाट एम्बुलेन्सको विवरण माग गरेको छ भने विवरण आएमा चल्न सक्नेलाई मर्मत गरेर सञ्चालन गर्ने र नचल्नेलाई लिलामी गर्नतर्फ प्रदेश सरकार अघि बढेको छ।

प्रकाशित: Oct 21, 2023| 19:02 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्