शनिबार, जेठ ३१, २०८२

को हुन् चाणक्य ? कस्ता छन् उनका नीति ?

 |  शनिबार, कात्तिक ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

vianetvianet

इशापूर्व ३१३८ तिर आर्यावर्तमा मगध (हालको पटना) मा एक शक्तिशाली राज्य थियो। त्यसै समय त्यहाँ जरासन्ध राज्य गर्दथे। उनको वंशमा एक ऐयासी राजा महापद्मानन्द थिए। उनी सुरासुन्दरीको कुलतमा फसिरहँदा युनानी राजा सिकन्दरले भारत वर्षमा आँखा लगाएकाले भारत वर्ष कसैको अधिनमा बस्नु नपरोस् भनी राज्य सल्लाहकार चणक नामका ब्राह्मण विद्वानले राजालाई सुझाव दिँदा उनलाई मृत्युदण्ड दिइयो।

यिनै ब्राम्हण चणकका सुपुत्र हुन् आचार्य चाणक्य। राष्ट्रभक्ति, सत्य, न्याय,कूटनीति, प्रशासनका साथै राजनीनिशास्त्रका विशिष्ट योगफल हुन् आचार्य चाणक्य। यिनलाई विष्णुगुप्त वा कौटिल्य पनि भन्ने गरिन्छ। चाणक्य यस्ता महान विभूति थिए, जसले आफ्नो विद्धता, बुद्धिमता र क्षमताको बलमा प्रभाव कायम गरेका थिए।

मौर्य साम्राज्यका संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कूटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रुपमा पनि विश्वविख्यात भए। यतिका शताब्दी बितसक्दा पनि चाणक्यले बताएको सिद्धान्त र नीति प्रासंगिक छ। किनभने उनले आफ्नो गहन अध्ययन, चिन्तन र जीवानुभवबाट आर्जित अमूल्य ज्ञानलाई पूर्ण रुपमा नि:स्वार्थ भावले मानव कल्याणका लागि अभिव्यक्त गरेका थिए।

आचार्य चाणक्यको नीति अद्भूत संग्रह हो, जुन आज पनि उत्तिकै प्रासंगिक छ। चाणक्य नीतिमा मित्र-भेददेखि लिएर शत्रुको पहिचान, पति-परायण तथा चरित्रहीन स्त्रीमा विभेद, राजाको कर्तव्य र जनताको अधिकार तथा वर्ण व्यवस्थाको उचित निदान बताइएको छ। 
चाणक्यका  केही महत्वपूर्ण नीति यस्ता छन्

पण्डित (विद्वान) पनि घोर कष्टमा पर्छन्, यदि उनले मूर्खलाई उपदेश दिए भने।

National life insurance

जुन व्यक्ति शास्त्रको सूत्र अभ्यास गरेर ज्ञान ग्रहण गर्छन्, उनलाई अत्यन्त वैभवशाली कर्तव्यको शिद्धान्त ज्ञात हुन्छ।

मेहनत गर्नाले दरिद्रता रहँदैन। धर्म गर्नाले पाप रहँदैन। मौन रहनाले कलह हुँदैन र जागरुक रहँदा भय हुँदैन।

मानिसले सम्भावित समस्याबाट पार पाउनका लागि धन सञ्चय गर्नुपर्छ। तर धन-सम्पत्ति त्यागेर पनि श्रीमतीको सुरक्षा गर्नुपर्छ।

त्यहाँ नजानु, जहाँ तिम्रो इज्जत हुँदैन। त्यहाँ नबस्नु जहाँ तिम्रो रोजगारी छैन।

झुट बोल्नु, कठोरता, छल गर्नु, मुर्खता गर्नु, लोभ गर्नु, अपवित्रता र निर्दयिता। यी मानिसको केही नैसर्गिक दुर्गुण हो।

भोजनको योग्य पदार्थ र भोजन गर्ने क्षमता, पर्याप्त धनराशी र दान दिने भावना, सुन्दर श्रीमती र कामशक्ति। यस्तो संयोग हुनु सामान्य तपको फल होइन।

मनमा सोचेको कुरा कसैलाई प्रकट नगरौं। बरु मनन गरेर त्यस सोचलाई काममा परिणत गरौं।

मूर्खता दु्:खदायी छ, जवानी पनि दु:खदायी छ। यो भन्दा पनि दु:खदायी कुरा कोही अर्काको घरमा गएर उनको साहनुभूति लिनु।

हरेक पर्वतमा माणिक्य हुँदैन। हरेक हात्तीको शीरमा मणि हुँदैन। हरेक वनमा चन्दनको वृक्ष हुँदैन। यसैगरी सबै ठाउँमा सज्जन पुरुष पनि हुँदैन।

बुद्धिमान पिताले आफ्नो पुत्रलाई शुभ गुण सिकाउनुपर्छ। किनभने नीतिज्ञ र ज्ञानी व्यक्ति नै कुलमा पुज्य हुन्छ।

लाडप्यारले बच्चामा गलत बानीको विकास हुन्छ, उनलाई कडा शिक्षा दिनाले राम्रो बानीको विकास हुन्छ।

मानिसको कुलको ख्याति उसको आचरणमा देखिन्छ।

कोइलीको सुन्दरता उनको गायनमा हुन्छ। महिलाको सुन्दरता परिवारप्रतिको समर्पणमा हुन्छ। मान्छेको सुन्दरता उसको ज्ञानमा हुन्छ। तपस्वीको सुन्दरता उनको क्षमाशीलतामा हुन्छ।

पाँच वर्षसम्मको पुत्रलाई प्रेमले हुर्काउनुपर्छ। दश वर्षसम्म उनलाई कडा नियन्त्रणमा राखनुपर्छ। जब १६ वर्षको हुन्छ, तब मित्रको जस्तो व्यवहार गर्नुपर्छ।

संसार एक तितो वृक्ष हो, जसको दुई फल मात्र मीठो हुन्छ, एक मधुर वाणी र दोस्रो सज्जनको संगत।

जुन व्यक्तिको पुत्र उनको नियन्त्रणमा हुन्छ, जसकी श्रीमती आज्ञा अनुसार आचरण गर्छिन् र जसले आफूले कमाएको धनबाट पूर्ण सन्तुष्ट रहन्छन्। यस्ता मानिसका लागि संसार स्वर्ग समान हो।

त्यही गृहस्थी सुखी हो, जसको सन्तान उनको आज्ञा पालन गर्छ। पिताको पनि कर्तव्य हो कि उनले पुत्रलाई राम्ररी पालनपोषण गरेको होस्।

यस्ता मित्र मित्र होइनन्, जसमाथि विश्वास गर्न सकिँदैन। यस्ती श्रीमती व्यर्थ हुन्, जसबाट कुनै प्रकारको सुख मिल्दैन।

जो मित्र आफ्नो अगाडि चिल्लोचाप्लो कुरा गर्छ र पिठ्युँ पछाडि नराम्रो कुरा गर्छ, त्यसलाई त्यागिदिनु भलाइ छ।

जुन मातापिताले आफ्ना बच्चालाई शिक्षा दिँदैनन्, ति मातापिता बच्चाको शत्रु समान हुन्। किनभने विद्याहिन बालक विद्वानका माझ त्यसरी नै तिरस्कृत हुन्छन्, जसरी हाँसको वथानमा वकुला।

प्रकाशित: Oct 21, 2023| 18:02 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्