आइतबार, मंसिर २८, २०८२

त्रिदेशीय टी–२०: नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो।
 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

काठमाडौं– नेपालले त्रिदेशीय टी–२० सिरिजमा हङकङलाई २१४ रनको लक्ष्य दिएको छ। आज मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो।

National life

नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक रन पूरा गरेका छन्। मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भए। उनले तीन चौका र ९ छक्का प्रहार गरेका छन्। दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ५७ रन बनाएका छन्। उनले ६ चौका र दुई छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्।

ओपनर आसिफ शेखले १३ बलमा २० रन पूरा गरी आउट भएका थिए। कप्तान रोहित पौडेलले ११ रन, सोमपाल कामीले ८ रन र ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए। 

नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजमा नेपालले दुई खेल जितेको छ। यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो। गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। 

आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ। आगामी शुक्रबार अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल खेलाइनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 21, 2023| 13:14 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्