बिहीबार, माघ २२, २०८२

नेपाल र जापानबीचको खेल वर्षाले रोकियो

नेपालले २ विकेट गुमाएर १४० रनको योगफल बनाएको छ।
 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

काठमाडौं– मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र जापानबीच भएको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ।२५ ओभर सुरु हँुदा वर्षाका कारण खेल राकिएको हो।

National life

नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ। नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन्। उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाएका हुन्।

त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए। अर्जुन कुमाल १० रनमा आउट भए। हाल क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल छन्। आकाशले ३५ रन बनाएका छन् भने देवले आठ रन जोडेका छन्।

खेल विजेता ७ कात्तिकमा हुने फाइनल खेलका लागि छनोट हुनेछ। प्रतियोगिताको शीर्ष तीन टोलीले पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्नेछन्।

प्रकाशित: Oct 21, 2023| 11:40 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्