शुक्रबार, जेठ २२, २०८३

नेवापसलाई संरक्षक संरक्षण पत्रकारिता पुरस्कार

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

नेपाल वातावरण पत्रकार समूहले संरक्षक संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरेको छ।

National life

राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सवका अवसरमा समूहलाई ६५ हजार १ रुपैयाँ राशीको पुरस्कारसहित सम्मानपत्रले सम्मान गरेको हो।

शुक्रबार वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले ललितपुरको खुमलटारमा पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरे। समूहकी सचिव सृष्टि काफ्लेले उक्त पुरस्कार र सम्मानपत्र ग्रहण गरिन्।

कोषले यही वर्षदेखि संरक्षक संरक्षण पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो। नेपालको वन, वातावरण, प्रकृति, वन्यजन्तुलगायत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै कोषले समूहलाई यो पुरस्कार प्रदान गरेको हो।


 

Shivam cement

प्रकाशित: Oct 21, 2023| 06:12 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्