शुक्रबार, जेठ २२, २०८३

इजरायलमा मारिएका नेपाली विद्यार्थीको शव शनिबार ल्याइँदै

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं- इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव शनिबार नेपाल ल्याइँदै छ।

National life

तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाइन लागेको जानकारी दिएको छ।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो। इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुबईसम्म र त्यहाँबाट फ्लाई दुबईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाइन लागेको दूतावासले जनाएको छ।

ती चार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने पनि विज्ञप्तिमा उल्लेख छ। अन्य शव पहिचानको काम क्रमशः भइरहेको पनि दूतावासले जनाएको छ।

प्रकाशित: Oct 20, 2023| 20:17 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्