शुक्रबार, जेठ २२, २०८३

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो।

National life

जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नं को जीप ब्रेक फेल भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए। गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिए।

उनका अनुसार महतको उनको टाउको र कम्मरमा चोट लागेको थियो। दुर्घटनामा परी घाइते हुने एकै गाउँ बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी रहेका छन्।

त्यस्तै वर्ष २२ वर्षीय प्रकाश धामीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गाडीमा चालक विनोद धामीसहित नौ जना सवार थिए। चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख शाहले जानकारी दिए।

प्रकाशित: Oct 20, 2023| 19:35 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्