शनिबार, कात्तिक ७, २०८३

एसीसी यू–१९ कप

जापानसँग सेमिफाइनल खेल्दै नेपाल

मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले जापानसँग स्पर्धा गर्ने भएको हो।
 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं– नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल जापानसँग खेल्ने भएको छ। मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले जापानसँग स्पर्धा गर्ने भएको हो।

प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि शनिबार नै संयुक्त अरब इमिरेट्स (यूएई) र सिंगापुरबीच खेलाइनेछ। नेपाली टोली समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्। 

नेपालले समूहगत चरणको तीन वटै खेलमा अपराजित छ। नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २ सय ७४ रनको विशाल अन्तरले हराएको थियो। दोस्रो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । 

नेपालले बिहीबार खेलिएको तेस्रो खेलमा साउदी अरेबियालाई ३०२ दुई रनको विशाल अन्तरले हराएको थियो। १६ वटा राष्ट्र सहभागी प्रतियोगितामा तीन वटा टोली यसै वर्ष पाकिस्तानमा खेलाइने एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन्।

प्रकाशित: Oct 20, 2023| 16:25 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।