झापा, हल्दिबारी गाउँपालिका-२ कलबर बस्ती बस्ने ५२ वर्षीय नवराज रेग्मी सोही ठाउँस्थित कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
प्युठान, प्युठान नगरपालिका-८ डाँडाधारा बस्ने ५८ वर्षीय ईन्द्रे सार्की सोही ठाउँस्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
सोलुखुम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-१ पैयास्थित सडकबाट करिब १ सय ५० मिटर तल हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं, शंखरापुर नगरपालिका-७ जिरोकिलोस्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
डुबेर मृत्यु
झापा, शिवसताक्षी नगरपालिका-६ ठक बस्ती बस्ने ३५ वर्षीय रोहित नेपालीको छोरा १८ महिनाको रोदन नेपालीको सोही ठाउँस्थित सडकको नालीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ। खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।
बारा, महागढीमाई नगरपालिका-१ बरियारपुर गढीमाई टोल बस्ने मुस्ताफ हुसेनको छोरा करिब १ वर्षीय आयान हुसेनको कपडा धुन बाटामा राखिएको पानीमा डुबेर शुक्रबारबिहान मृत्यु भएको छ। खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
भेरी नगरपालिका-६ भेरेखर्कमा क.प्र.०२००१ त ०१६० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने बस्ने किरण महताराको छोरा ८ वर्षीय केशव महताराको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।